ताप्लेजुङ - ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-२ सिमल बोटमा गए राती आँफूले भनेजस्तो गीत नबजाएको निहुँमा खुकुरी प्रहार हुँदा पाहुना आएका ३ जना घाइते भएका छन्।
राती साढे २ बजे स्थानीय दिल बहादुर तामाङको छोरीको बिवाहमा भने जस्तो गीत नबजाएको बिषयमा विवाद भई सोही स्थानका बर्ष २२ को बिश्व सेङदान, बर्ष १७ को सरोज सेङदान र बर्ष १९ को मिखे तामाङलगायत ४/ ५ जनाको समूहले आवेशमा आई खुकुरी प्रहार गर्दा पाहुना आएका फुङलिङ नगरपालिका-८ दोखुका ३८ बर्षीय कर्ण बहादुर सुनुवार, बर्ष ३० को पेम्बा शेर्पा र बर्ष ३२ को पासाङ शेर्पा घाइते भएका हुन् ।
धारिलो हतियार प्रहारबाट शरिरको बिभिन्न भागमा चोट लागी घाईते भएका तीनै जनाको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । हतियार प्रहार गर्ने समूह तत्काल फरार रहेकोले खोजीकार्य भईरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।