धरान– अँध्यारो भएपछि धरानमा आइतबारदेखि सुरु भएको २१औँ बुढासुब्बा गोल्डकपको उद्घाटन खेल स्थगित भएको छ। सीएमजी क्लब सङ्कटा र मेची नेत्रालय काँकरभिट्टाबीचको खेल स्थगित भएको हो।
उद्घाटन शत्र लामो भएका कारण खेल ढिलो गरी सुरु भएको थियो। धरान रङ्गशालामा भएको खेलमा दुवै टिमले निर्धारित समयमा दुई–दुई गोल गरेका थिए। टाइब्रेकरमा पनि दुवै टिमका तर्फबाट चार-चार गोल भएको थियो। त्यसपछि भएको सडनडेथमा दुवै टिमले ५–५ गरेका थिए। अँध्यारो भएपछि खेल रोकिएको थियो। खेल सोमबार टाइब्रेकरमार्फत टुङ्ग्याउने सहमति भए आइतबार स्थगित भएको खेल सोमबार ९ बजे भएको थियो।
सोमबार भएको सडनडेथमा झापाका दिलेन लोक्तानको पेनाल्टी संकटाका गोल किपर राजाबाबु थापाले विफल पारे। संकटाका तर्फबाट अमित तामाङ र सेड्रिक अबाले गोल गरे भने झापाका पुजन उपरकोटीले गोल गरे। सडनडेथमा संकटा संकटा ११–१० ले जित्दै अघिल्लो चरणमा स्थान पक्का गर्यो। खेलको म्यान अफ द म्याच संकटाका गोलकिपर राजाबाबु थापा घोषित भए।
यसअघि प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले गरेका थिए। सोमबार खेल नेपाल पुलिस क्लब र सहारा क्लबबीच हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।