म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीमाथि सानदार जित हात पारेको छ। सिटीले आइतबार राति भएको खेलमा चेल्सीलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको हो।
सिटीको जितमा सर्जियो अग्युरोले ह्याट्रिक गर्दा रहिम स्टर्लिङले २ गोल गरे। खेलको चौथो मिनेटमा स्टर्लिङले गोल गरेर सिटीलाई सुरुवाती अग्रता दिलाए। १३ र १९ मिनेटमा अग्युरोले २ गोल गरेपछि खेलमा सिटीले बलियो पकड जमायो। २५ मिनेटमा गुन्डगनले अर्को गोल गर्दा सिटीले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो।
५६ मिनेटमा अग्युरोले पेनाल्टीमा गोल गर्दै ह्याट्रिक पूरा गरे। सिटी यतिमै रोकिएन। ८० मिनेटमा स्टर्लिङले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ६–० ले अघि बढेको थियो।
खेलमा ह्याट्रिक गरेका अग्युरोले प्रिमियर लिगमा बढी ह्याट्रिक गर्ने रेकर्डसँग बराबरी गरेका छन्। अग्युरोले आइतबार गरेको ह्याट्रिक प्रिमियर लिगमा एघारौं ह्याट्रिक ह । यसअघि एलन सिएररले पनि ११ ह्याट्रिक गरेक थिए।
लिगको अर्को खेलमा टोटनह्यामले लेस्टर सिटीमाथि ३–१ को जित हात पारेको छ। टोटनह्यामका लागि डि सान्चेजले ३३, इरिक्सनले ६३ र सन हेउङ मिनले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे।
जितसँगै सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सिटीले २७ खेलबाट ६५ अंक छ। ६५ अंक नै जोडेको लिभरपुल गोलअन्तरमा पछि पर्दा दोस्रो स्थानमा झरेको छ। यद्यपी लिभरपुलले एक खेल कम खेलेको छ। तेस्रो स्थानको टोटनह्यामको २६ खेलबाट ६० अंक भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।