म्याड्रिड– म्याड्रिड डर्बीमा रियलले एट्लेटिकोलाई पराजित गरेको छ। शनिबार राति स्पेनिस ला लिगाअन्तर्गत भएको खेलमा रियलले १० खेलाडीमा सीमित एट्लेटिकोलाई ३–१ गोलले पराजित गरेको हो।
रियलका लागि कासेमिरोले खेलको १६ मिनेटमा पहिलो गोल गरे। २५ मिनेटमा एट्लेटिकोका एन्टोनी ग्रिसजम्यानले बराबरी गोल फर्काउदा खेल रोमाञ्चक मोडमा पुगेको थियो।
४२ मिनेटमा रियलका कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेर खेललाई २–१ को स्थितिमा ल्याए। ७४ मिनेटमा गारेथ बेलले रियलका लागि तेस्रो गोल गरे। गोलसँगै बेलले रियलका लागि सयौं गोल गर्न सफल भए। उनले २ सय १७ खेलेर सय गोल पूरा गरेका हुन्। खेलको ८० मिनेटमा पार्टेले दोस्रो पहेँलो कार्ड पाउदै मैदान छाडेपछि एट्लेटिको १० खेलाडीमा सीमित बन्यो।
जितसँग रियल लिग अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। रियलले २३ खेलबाट ४५ अंक जोडेको छ। तेस्रो स्थानमा झरेको एट्लेटिकोले ४४ अंक बटुलेको छ। शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५० अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।