काठमाडौं- भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सरकारले गरेका राम्रो कामसँग आत्तिएर अनावश्यक प्रचार गरिएको बताएकी छन्।
स्याङ्जामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन्।
सरकारलाई अप्ठ्यारोमा पार्न केही समुह लागिरहेको भन्दै मन्त्री अर्यालले सरकारले सबै कुराको सामाना गरेरै भए पनि 'सुखी नेपाली, समृद्ध नेपाल' अभियानलाई पुरा गरेरै छाड्ने दाबी गरिन्।
सरकारले भू-उपयोग नीति ल्याउने तयारी गरेको बताउँदै मन्त्री अर्यालले भू-उपयोग सम्बन्धी स्पष्ट नीति नहुँदा खेतीयोग्य जमीन मासिदै गएको भन्दै चिन्ता व्यक्त गरेकी थिइन्।
यसैगरी मन्त्री अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको जिम्मा सरकारले लिने समेत बताइन्।
कार्यक्रममा बोल्दै साना किसान कृषि सहकारी संघका अध्यक्ष खिमबहादुर पाठकले देशैभरका साना किसानलाई समेटेर आर्थिक रकम कम भएका किसानलाई यश अभियानमा जोडेर उत्पादनका क्षेत्रमा लगाउने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।