• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू

64x64
नेपाल लाइभ सोमबार, असोज २६, २०८३  १३:२४
1140x725

काठमाडौं –  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन दिएका छन् । 

सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित ‘प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औं समूह’ को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पेसागत सफलताको मुख्य मानक नै नैतिकता, निष्ठा र इमानदारिता भएको बताएका हुन् । 

‘कुनैपनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता हो,’ प्रधानमन्त्री शाहले भने, ‘पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डहरूको सही पालना गर्नु–गराउनुले सफलता हासिल गर्न मद्दत पुग्छ ।’ उनले प्रहरी सेवामा आबद्ध सबैका लागि जिम्मेवारीप्रति जवाफदेहीता अनिवार्य सर्त भएको उल्लेख गरे । 

प्रधानमन्त्री शाहले मुलुकमा निरन्तर शान्ति सुरक्षा कायम राख्न, अपराध अनुसन्धान गर्न र संकटको घडीमा नागरिकको जिउधनको रक्षा गर्न नेपाल प्रहरी सदैव अग्रपंक्तिमा रहने स्मरण गराए । 

दीक्षित प्रहरी अधिकृतहरूलाई सङ्गठनको मर्यादा कायम राख्न सचेत गराउँदै उनले भने, ‘तपाईंहरूको असल कर्मले नै असल भविष्य निर्माण गर्नेछ। मलाई विश्वास छ, तपाईंहरू कुनै पनि दबाब वा प्रभावमा पर्नुहुने छैन र सङ्गठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न हुनुहुने छैन ।’

Ncell 2
Ncell 2
nimb
nimb

बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्ति फेरिएको उल्लेख गर्दै उनले अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक तथा प्रमाणमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग अपरिहार्य रहेको औंल्याए ।

प्रधानमन्त्री शाहले प्रविधिमैत्री र प्रभावकारी अनुसन्धानका लागि आवश्यक पर्ने सम्पूर्ण स्रोत–साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । 

१६ महिना लामो आधारभूत तालिम पूरागरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई पूर्ण रूपमा व्यवहारमा उतार्न आग्रह गरे । साथै, आफ्ना सन्तानलाई चुनौतीपूर्ण सेवामा पठाउने अभिभावकहरूप्रति आभार व्यक्त गर्दै उनले प्रतिष्ठानलाई समेत धन्यवाद दिए ।

Xtrem
Xtrem

यस्तै, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले सात दशक लामो इतिहासमा अनेकौं चुनौती सामना गर्दै नागरिकको सुरक्षामा सदैव अग्रपंक्तिमा रहेर काम गरिरहेको बताए । 

उनले राजनीतिक परिवर्तन, द्वन्द्व र विपद्का बीच पनि संगठनले जिउधनको सुरक्षाको दायित्व कुशलतापूर्वक पूरा गरेको उल्लेख गरे । 

उनले भने, ‘राष्ट्र र नागरिक सेवाको यस महत्वपूर्ण दायित्वमा प्रवेश गर्न आफ्‌ना सन्ततीलाई प्रेरित गरी यस गौरवपूर्ण क्षणसम्म ल्याइपुर्याउने सम्पूर्ण अभिभावकप्रति धन्यवाद व्यक्त गर्दछु । वि.स २०१२ सालको प्रहरी ऐनमार्फत संस्थागत स्वरुप प्राप्त गरेको नेपाल प्रहरीले सात दशक लामो गौरवशाली यात्रामा विभिन्न आरोह अवरोहसँगै राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण, द्धन्द्ध, आन्दोलन, प्राकृतिक प्रकोप तथा विभिन्न सुरक्षा चुनौतीहरुको सामना गर्दै नागरिकको जिउधनको स्वतन्त्रता र सुरक्षाको संरक्षणमा निरन्तर अग्रपङतिमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएको छ ।’

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १३:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने?
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू
सम्बन्धित सामग्री
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो विस्तृत कार्ययोजना प्रस्तुत गर्दै उनले प्रधानमन्त्री शाहको भारत भ्रमणबारे स्पष्ट पारेका हुन् । सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित ‘प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औं समूह’ को दीक्षान्त समारोहला... सोमबार, असोज २६, २०८३
गृहमन्त्री गुरुङको पहिलो विदेश भ्रमण : गन्तव्य भारत उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज दिउँसो नेप... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार, असोज २६, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार, असोज २६, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो सोमबार, असोज २६, २०८३
गृहमन्त्री गुरुङको पहिलो विदेश भ्रमण : गन्तव्य भारत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्