काठमाडौं– चिनियाँ नागरिकबाट बरामद भएको साढे २१ किलोभन्दा बढी सुन प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि बरामद सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकलाई भन्सार कार्यालय पठाएको हो ।
अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको थप सञ्जाल पत्ता लगाउन प्रहरीले आफ्नो अनुसन्धानलाई निरन्तरता दिएको छ ।
प्रहरीले गत २२ असोजमा काठमाडौंको बूढानीलकण्ठस्थित माथिल्लो भंगालबाट २१ किलो ७५०।६८ ग्राम सुन बरामद गरेको थियो । उक्त घटनामा संलग्न भएको आरोपमा तीन चिनियाँ नागरिक पक्राउ परेका थिए ।
बरामद सुनको स्रोत, तस्करीको मार्ग र यसमा संलग्न अन्य व्यक्तिको खोजीमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।