काठमाडौं– गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान गरेका छन्।
उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज दिउँसो नेपाल एयरलाइन्सको उडानबाट नयाँ दिल्ली गएका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायतका अधिकारीहरुले बिदाइ गरेका थिए ।
गृहमन्त्री गुरूङको यो पहिलो विदेश भ्रमण हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।