जनकपुर- केही दिनदेखि भएको वर्षाले महोत्तरीसहित तराइका विभिन्न भूभाग हिलाम्य भएको छन्।महोत्तरीका अधिकांश मुख्य तथा भित्री सडक हिलाम्य भएर आवतजावत प्रभावित भएको छ।
अधिकांश सडक निर्माणाधीन अवस्थामा रहेको र निर्माण व्यवसायीको ढिलासुस्तीले पानी परेसँगै सडक हिलाम्य बनेको हो।

जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, राजनितिक दल लगायतको संयुक्त अनुगमन टोलीको पटक-पटकको अनुगमन र निर्देशन पश्चात् समेत सडक निर्माणमा तीव्रता नआउँदा स्थानीयको दैनिकी कष्टकर बनेको हो।

सदरमुकाम जलेश्वर र जलेश्वरकै सुगा, मलिवारा, खैरा, महादेवपट्टी, नैन्हीलगायतका बस्तीसम्म पुग्न हिलोमै पौडी खेल्नु पर्ने अवस्था आएको स्थानीयले बताए। सदरमुकाम जोड्ने सडक जनकपुर–जलेश्वर– भिट्ठामोड हुलाकी सडक, जलेश्वर–मनरा हुँदै हुलाकी सडक, जलेश्वर–बर्दिवास सडक,जनकपुर–भ्रमरपुरा–पडौललगायतका जिल्लाका दर्जन भन्दा बढी मुख्य सडक दुई देखि परेको पानीले धान रोप्ने जस्तो नै हिलाम्य भएर यात्रीहरु सास्ती भोग्न बाध्य छन्।

सडकमै हिलोले दुईदेखि ३ फिटसम्मको खाल्डो हुँदा सवारी साधन फस्ने गरेको तथा मुख्य सडक समय समयमा बन्द भैरहेको अवस्था छ।
यता जनप्रतिनिधिले विकास निर्माणमा सकारात्मक पहल गर्न नसकेको गुनासो स्थानीयको छ।

हिलाम्य सडकमा सवारी चलाउदा दर्जनौं सवारी साधन लडेर यात्रीहरु समेत घाईते हुने क्रम बढेको छ।
जलेश्वर अस्पतालमै दर्जनौं यात्रीहरु चोट पटक लागेर सामान्य उपचारको लागि पुगिसकेको जलेश्वर अस्पतालले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।