देवघाट, चितवन- नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेस हिन्दू राष्ट्रका पक्षमा भएको बताएका छन्।
महेश संन्यास आश्रम, देवघाटद्वारा आयोजित देवघाटधाम विराट ज्ञान महायज्ञको ज्ञानसभामा बोल्दै नेपाली काङ्ग्रेस जनमत सङ्ग्रहको मार्फत नेपाललालाई पुनः हिन्दूराष्ट्र बनाउन काङ्ग्रेस हिन्दूराष्ट्रका पक्षमा उभिने ठोकुवा गरे।
कार्यक्रमममा हरिद्वारस्थित पतञ्जलि योगपीठका पीठाधीश आचार्य श्री बालकृष्णले आफू नेपालको विकासमा हरेक तरिकाले सहयोग गर्न तत्पर रहेको बताएका थिए।
उनले नेपाल हिन्दूराष्ट्र बनाउन नेपालीले आ-आफ्नो ठाउँबाट योगदान पुऱ्याउनुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।