विराटनगर- राष्ट्रिय प्रतिभा पाँच जना पुरस्कृत एवं सम्मानित भएका छन्। चेतना संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित चौधौं वार्षिकोत्सव एवं स्रष्टा सम्मान कार्यक्रम- २०७५ मा स्रस्टा सम्मान गरिएको हो।
भाषा साहित्य, पत्रकारिता, समाजेवा तथा संस्कृति जर्गेनामा महत्वपूर्ण योगदान दिने महानुभावलाई वर्षेनी पुरुस्कृत एवं सम्मान गर्दै आएको आएको छ।
पुरस्कृत एवं सम्मानित हुनेमा रु एक लाख एक हजारको राशिबाट साहित्यकार प्रा डा कपिलदेव लामिछाने छन् भने जनही रु ५१ हजारको राशिबाट पुरस्कृत एवं सम्मानित हुनेमा संस्कृतिविद् प्राडा सोमप्रसाद खतिवडा, पत्रकार युवराज घिमिरे, ललितकलाकर्मी श्रीमती मिथिला शर्मा बोहरा र समाजसेवी रमेशप्रसाद नेपाल छन्।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति प्राज्ञ के के कर्माचार्यले समाज परिवर्तनमा योगदान दिने महानुभावलाई प्रतिष्ठानले सम्मान एवं पुरस्कृत गर्नु सुखद भएको बताए।
पुरस्कृत एवं सम्मानित साहित्यकार प्रा डा लामिछाने, संस्कृतिविद् प्रा डा सोमप्रसाद खतिवडा र समाजसेवी नेपालले समाजमा रचनात्मक काम गर्ने स्रष्टालाई खोजी–खोजी पुरस्कृत एवं सम्मान गर्नुले थप काम गर्न उत्साह मिलेको चर्चा गरे।
प्रतिष्ठानका अध्यक्ष साहित्यकार गङ्गा सुवेदीले प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै समाजमा विभिन्न विद्यामा काम गर्ने मानिसलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताए।
प्रतिष्ठानले हरेक महीनाको पहिलो शुक्रबार चेतना मासिक साहित्य कार्यक्रम, चेतना सन्देश त्रैमासिक साहित्यिक पत्रिकार प्रकाशन गर्नुका साथै अहिलेसम्ममा छ दर्जनभन्दा बढीलाई पुरस्कार र सम्मान गरिसकेको सदस्य मीनकुमार नवोदितले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।