काठमाडौं- अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिले आन्तरिक परीक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
समितिले शनिबार रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधकारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था मिलाउन सरकारसंग माग गरेको हो। 'सेवावाट अवकास लिन चाहने शिक्षकलाई औषधी उपचारको एकमुष्ट रकम सहित स–सम्मान बिदा गर्न माग हो,' अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिका वरिष्ठ उपाध्यक्ष गोपाल बस्नेतले भने।
अस्थायी/करार शिक्षकले माग पूरा नभए आगामी २९ गतेदेखि मुलुकभरका विद्यालयबाट शिक्षकहरुलाई राजधानी झिकाइ दबाबमूलक आन्दोलन गर्ने चेतावनी दिएका छन्। संघर्ष समितिका संयोजक हेमनाथ चौलागाइले सरकारले आफूहरुको माग सम्बोधन नगरे आन्दोलमा उत्रने अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिका संयोजक हेमनाथ चौलागाईले बताए।
संघर्ष समितिले माग सम्बोधनका लागि सरकारलाई दबाब दिन आगामी फागुन २ गते सत्तारुढ दल नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।