काठमाडौं– धनगढी क्रिकेट एकेडेमीले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पवन अग्रवाल र प्रशिक्षक सुनोज भट्टराई सम्मान गरेको छ।
शनिबार तेस्रो संस्करणको डिपिएलको उद्घाटन समारोहमा एकेडेमीले अग्रवाललाई ‘धनगढी क्रिकेट सम्मान’ र भट्टराईलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ बाट सम्मानित गरेको हो। सम्मान स्वरुप दुवैलाई एक एक लाख रुपैयाँ प्रदान गरिएको थियो।
सम्मानित भएका भट्टराई नेपालको पहिलो आधिकारिक प्रशिक्षक हुन् । भट्टराई सन् १९९६ मा मलेसिया भएको एसीसी ट्रफीमा नेपाली टिमको प्रशिक्षक भएर गएका थिए। पुरस्कार लिदै प्रशिक्षक भट्टराईले डीपीएलले गरेको सम्मानबाट खुसी रहेको बताए । पुरस्कार लिदै पूर्व कप्तान अग्रवालले आफुले पाएको एक लाख रुपैयाँ फाप्ला क्रिकेट मैदान निर्माणमा दिने घोषणा गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले दुवैलाई सम्मान गरेका थिए ।
डिपिएलको उद्घाटन गर्दै सुदूरपश्चिम सरकारले लिग र फाप्लाका लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले प्रतियोगितालाई र फाप्लालाई अन्तर्राष्ट्रिय मैदान बनाउनका लागि प्रदेश सरकार गम्भीर भएको भन्दै यसलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडी बढाउने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।