विराटनगर- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताएका छन्।
प्रेस चौतारी मोरङ शाखाद्वारा आयोजित पत्रकार भेटघाटमा उनले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानुन निर्माण गरिरहेको जानकारी दिए।
मन्त्री ढकालले मुलुकको ३३९ कानुनमध्ये १६५ निर्माण भइसकेको जानकारी दिँदै थप कानुन संशोधन र निर्माण प्रक्रियामा रहेको बताए।
वाइडबडी जहाजका विषयमा उत्पन्न विवादलाई समस्या समाधान गर्न छानबिन समिति बनिसकेको भन्दै मन्त्री ढकाले सत्य निरुपण मेलमिलाप आयोगका पदाधिकारीको म्याद समाप्त भए पनि आयोगको म्याद समाप्त नहुने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।