चितवन– पूर्वी चितनवमा तरबारसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
रत्ननगर नगरपालिका–९ को मोहना बुद्धचोकमा किरण घिमिरेलाई तरबार प्रहार गर्ने स्थानीय सञ्जित बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।
१९ वर्षीय बस्नेतले घिमिरेलाई मोटर साइकलमा आइरहेको बेला माघ १० गते बुद्धचोकमा तरबार प्रहार गरेको डिएसपी दयानिधि ज्ञवालीले जानकारी दिए।
'पुरानो झैझगडा र रिसिइबीमा तरबार प्रहार गरेको देखिन्छ। यस विषयमा अनुसन्धान जारी छ ,’ डिएसपी ज्ञवालीले बताए।
मान्छेभन्दा लामो तरबार बोकेर पुगेका बस्नेतले तरबार प्रहार गर्दा आफैं हल्लिएका थिए।
बस्नेतले प्रहार गरेको तरबार घिमिरेलाई नलागी मोटरसाइकलमा लागेको थियो। बस्नेतले डरधम्की र तर्साउने कार्य गर्दै आएको स्थानीयको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।