काठमाडौं– प्रहरीलाई घुस दिने ४ जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–४ सुकेधारास्थित प्रहरीलाई १ सय रुपैयाँ घुस दिन खोज्ने मिनबहादुर तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। सुकेधारा चोकमा महानगरीय प्रहरी प्रभाग सुकेधाराबाट खटिएको प्रहरी टोलीले बा५ख ४४०१ नम्बरको टिपर जाँच गर्ने क्रममा रुट परमिट नभएकोले टिपर चालक तामाङले प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए।
यसैगरी काठमाडौं महानगरपालिका–३ बसुन्धरास्थित चोकबाट प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने आशिष थापा र विकाश थापालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट ट्राफिक प्रहरीसहित खटिएको प्रहरी टोलीले ग८प १०५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुले मादक पदार्थ सेवन गरेको र कागजपत्र जाँच गर्ने क्रममा प्रहरीलाई उक्त रकम घुस दिन खोजेका थिए।
बागबजारस्थित प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोज्ने काठमाडौं महानगरपालिका–२१ लगन डेरा गरी बस्ने दोलखा घर भएका ३४ वर्षीय दिलिप बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
उनले मादक पदार्थ सेवन गरी पार्किङ गरी राखेको मोटरसाइकललाई लात्तीले हानी ढलाइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएका प्रहरीले फेला पारी सोधपुछ गर्दा उक्त रकम घुस दिन खोजेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।