काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टीका सांसद महेश बस्नेतले प्लास्टिक र गुट्खामा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै बस्नेतले बाग्मती सरसफाई अभियानका क्रममा गुट्खाका खोल र प्लास्टिक अत्यधिक भेटिएको भन्दै वातावरण संरक्षणका लागि यस्ता बस्तुमा प्रतिबन्ध आवश्यक रहेकाे बताए । उनले भने ‘सरकारले गुट्खा र सुर्तिलाई निषेध गर्नुपर्छ,’ उनले भने, 'वातवारण दुषित बनाउने कार्य गरेकाले यी बस्तु रोक्नुपर्छ।'
बस्नेतले प्लास्टिकमा अतिरिक्त मुल्य लगाउन सरकारसँग माग गरे। अतिरिक्त मूल्य लगाई खोल फिर्ता गरेपछि उक्त अतिरिक्त रकम फिर्ता गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।