एजेन्सी– सलमान खानलाई पहिलो पटक नायकको रुपमा प्रस्तुत गर्ने बलिउड निर्देशक सुरज बडजात्या हुन्। सुरजले बनाएको फिल्म ‘मैने प्यार किया’ पछि सलमानले कहिल्यै पछाडि फर्कनु परेन।
सुरज र सलमानले ‘मैने प्यार किया’ पछि ‘हम आपके हे कौन’, ‘हम साथ साथ हे’ र ‘प्रेम रतन धन पायो’ मा सँगै काम गरे। यी सबै फिल्म सुपरहिट भएका थिए।
अब सुरज सलमानलाई लिएर पाँचौं फिल्म बनाउने तयारीमा छन्। सलमानलाई फिल्मको कथा सुनाइसकेको र स्क्रिप्ट तयार गरिरहेको सुरजले बताएका छन्।
अघिल्ला चार वटै फिल्म पारिवारिक प्रेम कथामा बनाएका सुरजले यो पटक पनि सोही धारलाई निरन्तरता दिने बताइएको छ।
सुरज अहिले आफ्ना छोरा अवनिश निर्देशित पहिलो फिल्म ‘हम चार’ रिलिजको तयारीमा जुटेका छन्। सो फिल्म रिलिज भएपछि नयाँ फिल्मको स्क्रिप्टलाई अन्तिम रुप दिने र छायांकन सुरु गर्ने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।