काठमाडौं– सर्वनाम थिएटरले तेस्रो देशव्यापी १० मिनेट नाटक मेला घोषणा गरेको छ । घन्टाैं लामो नाटक हेरेका दर्शकले नयाँ स्वाद लिन पाउने भएका छन्।
पछिल्लो समय युवा पुस्ताको नाटकप्रतिको रुचि तथा सहभागिता बढिरहँदा युवा रंगकर्मीलाई लक्षित गरी सर्वनामले नाटक मेला आयोजना गरेको हो।
तेस्रो संस्करणको मेलामा नाटक दर्ताको लागि आह्वान गरिएको छ । नाटकको अवधि जम्मा १० मिनेट वा सो भन्दा कमको हुनुपर्ने र नाट मा नाट्य सामग्रीको प्रयोग एकदमै न्यून गरिनुपर्ने हुन्छ।
मेलामा विगतका संस्करणमा झन्डै ६ दर्जन नाटकले सहभागिता जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।