जनकपुर- उखु आपूर्ति पुर्जी (चलान)को माग गर्दै महोत्तरीको किसानहरुले गौशालामा रहेकाे एभरेष्ट सुगर एन्ड केमिकल लिमिटेड बन्द गराएका छन्।
स्थानीय किसानहरुले समयमै चलानको माग गर्दै बिहीबार दिउँसो २ बजेदेखि मिल बन्द गराएका हुन्।
स्थानीय किसान देवकुमार महतोका अनुसार उखुको मूल्य निर्धारणसम्बन्धी विवादका कारण गत वर्षका तुलनामा एक महिना ढिलो गरी मिल सञ्चालनको भएकाे थियो।
तर पनि उद्योगले चलान नदिएपछि उखुको तौल घट्नुको साथै गर्मीको समयमा उखु काट्नका लागि समस्या हुने गरेकाले किसानहरुले समयमै चलान पाउनुपर्ने किसान भन्दै किसानले उद्योग बन्द गराएका हुन्।
चलानका सम्बन्धमा ठोस निर्णय नहुन्जेलसम्म मिल बन्द कायम नै रहने मिल व्यवस्थापन पक्षले जनाएको छ।
उद्योगले हालसम्म ७ लाख ७४ हजार क्विन्टल उखु क्रसिंग गरेको मिलको प्रशासन शाखाले जनाएको छ।
एभरेष्ट चिनी उद्योगले याे वर्षको लागि पुसको पहिलो हप्तादेखि उखु पेल्ने काम सुरु गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।