जनकपुर– गंगासागर सफाइ अभियानी एवं ग्रीन एण्ड क्लीन जनकपुर तथा सेभ द हिस्टोरिकल प्लेस जनकपुरका संयोजक राम अशिष यादवले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेशलाई प्लाष्टिक मुक्त बनाउनका लागि ध्यानाकर्षण गराएका छन्।
प्रदेश सांसद समेत रहेका यादवले 'नेपालको संविधान २०७२' को भाग ३ मा मौलिक हक ३० (१) मा स्वच्छ तथा स्वस्थ्य वतावारणमा बाँच्ने हक सुनिश्चितता गरिएको भन्दै त्यसलाई पूरा गर्नको लागि पनि मधेसलाई प्लाष्टिकमुक्त बनाउन आग्रह गरेका छन्।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई स्वच्छ राख्न स्वच्छता अभियान आवश्यक भएको बताए। उनले यसका लागि सबैको सहयोग जरुरी रहेको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।