काठमाडौं- मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका प्रमुख शीर्षकहरुः
१) भेनेजुएला प्रकरणमा प्रचण्ड चिप्लिएको ओलीको दाबी, सचिवालयले बोलिसकेको विषयमा अरु कुराले अर्थ नराख्ने प्रचण्डको जवाफ।
२) महासमिति बैठकको प्रतिवद्धता विपरीत कांग्रेस विधान पारित हुँदै, केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि बन्ने विद्यमान व्यवस्था कायमै।
३) समृद्धिको भिजन नभएकालाई राजदूत नियुक्त गरिएको सांसद्हरुको आरोप, मुलुकको विदेश नीति कमजोर भएको ठहर।
४) बराबरीमै रोकिए बार्सिलोना र रियल म्याड्रिड , चल्न सकेनन् स्टार खेलाडी।
५) र, दक्षिणी सुडानका २० हजार शरणार्थी स्वदेश फर्किए, शान्ति प्रक्रियाको प्रभाव बढ्दो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।