काठमाडौं– अंशबण्डा विवादमा बुहारीले ढुंग्रीले हानेर ससुराको हत्या गरेकी छन्।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका–५ रुम्जाटारमा बुधवार राति बुहारी तारादेवी गुरुङले फलामको ढुंग्री प्रहार गर्दा ७० वर्षीय ससुरा रामकाजी गुरुङको मृत्यु भएको हो।
राति ९ बजे अंशबण्डाको विषयमा विवाद हुँदा गुरुङलाई बुहारी तारादेवीले फलामको ढुंग्रीले टाउकोमा हानेकी थिइन्। ढुंग्री प्रहारबाट गुरुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयल ओखलढुंगाले जनाएको छ।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरी टोलीले बुहारी तारादेवीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।