लन्डन- म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। सिटीले बुधबार राति भएको खेलमा एभर्टनमाथि २-० को जित निकाल्दै शीर्ष स्थानमा फर्किएको हो।
एभर्टनविरुद्ध सिटीले दुवै हाफको इन्जुरी टाइममा १-१ गोल गरेको थियो। पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा लोपार्टेले सिटीका लागि पहिलो गोल गरे। दोस्रो हाफको इन्जुरी टाइमको सातौं मिनेटमा गाब्रियल जेससले सिटीको अग्रता दोब्बर पारेका थिए।
लिगमा शीर्षले २६ खेलबाट ६२ अंक जोडेको छ। एक खेल कम खेलेको लिभरपुलको ६२ अंक छ भने दोस्रो स्थानमा झरेको छ। तेस्रो स्थानको टोटनह्यामको २५ खेलबाट ५७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।