मन्थली– गण्डकी प्रदेश, शान्तीदिप युवा क्लब र नमुना दिप युवा क्लब समूहमा पहिलो स्थान प्राप्त गर्दै मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसीपको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
गण्डकी प्रदेशले बुधबार सम्पन्न दुवै खेलमा जित हात पार्यो। पहिलो खेलमा तीन नम्बर प्रदेशलाई २६–२४,२५–९,२५–१९ले पराजित गरेको हरी पाण्डेको नेतृत्वमा रहेको गण्डकी प्रदेशले सात नम्बर प्रदेशलाई २५–१८,२५–२०,२५–१९ले हराउँदै समूह कमा पहिलो स्थान हात पारेको हो।
सात नम्बर प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ। समूह घको खेलमा शान्तीदिपले प्याराडाइजलाई २५–१९,२५–१८,२५–१७ ले हरायो। समुहगको खेलमा नमुनादिपले दुइ नम्बर प्रदेशलाई २५–१९,२५–२३,२५–१२ले हरायो।
बिहिबार हुने क्वार्टरफाइनल खेलमा गण्डकी प्रदेशले दुइ नम्बर प्रदेश,शान्तीदिपले कर्णलीप्रदेश, नमुनादिपले तीन नम्बर प्रदेश तथा प्याराडाइजले एक नम्बर प्रदेशको सामना गर्ने छन्।
रामेछाप जिल्ला खेलकुद विकास समितीको आयोजनामा सञ्चालीत प्रतियोगिता शनीबार सम्पन्न हुने छ।
कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन सहित टोलीको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।