काठमाडौं– धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तयारीमा रहेको काठमाडौं गोल्डेन्स टोलीमा विदेशी खेलाडीको रुपमा २ भारतीय क्रिकेट आबद्ध भएका छन्।
काठमाडौंले भारतीय ब्याट्सम्यान गौरव तामोर र अलराउन्डर अङ्कित दभासलाई समेत अनुबन्ध गरेको जनाएको छ।
यसैबीच सहभागिता जनाउन काठमाडौं धनगढी प्रस्थान गरेको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको उक्त टोली साविक उपविजेता पनि हो। फाइनल खेलमा धनगढीले काठमाडौँलाई पराजित गरेको थियो ।
काठमाडौंलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको छ। यही माघ २६ देखि आगामी फागनु ११ गतेसम्म धनगढीको फाप्ला मैदानमा हुने तेस्रो संस्करणको उक्त प्रतियोगितामा सहभागी टोली काठमाडौंलाई इस्लिङटन कलेजले एक वर्षको लागि प्रायोजन गरेको हो। सम्झौताको रकम भने खुलाइएको छैन ।
आज यहाँ आयोजित एक कार्यक्रममा कलेजका प्रमुख सुलभ बुढाथोकी र काठमाडौं टोलीका मालिक रमेश सिलवालले सम्झौतापत्रमा हस्ताक्षर गरे। यस सम्झौतासँगै काठमाडौँ गोल्डेन्स टोलीले अब काठमाडौं गोल्डेन्स इस्लिङटन कलेजको नामबाट डिपिएल खेल्नेछ ।
डिपिएलमा काठमाडौंसहित, रुपन्देही च्यालेन्जर्स विराटनगर किङस, धनगढी स्टार्स, सीवाईसी अत्तरीया र महेन्द्रनगर युनाईटेडले प्रतिस्पर्धा गर्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।