काठमाडौं– नेपाल दुरसञ्चार प्राधिकरणले दुई वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ।
प्राधिकरणले आइटेल कम्युनिकेशन प्रालि जावलाखेल, ललितपुर र सेभेन स्टार नेट प्रालि पोखराका लागि समयकै नवीकरण नगरेको भन्दै लाइसेन्स खारेज गरेको जनाएको छ।
प्राधिकरणले आइटेल पुस २१ र सेभेन स्टारको पुस २३ गतेदेखि नै लाइसेन्स खारेज गरेको सूचना समेत प्रकाशन गरेको छ।
लाइसेन्स खारेजीको सूचना सँगसँगै प्राधिकरणले साथै उक्त संस्थाहरूले आव २०७४।७५ को नियमानुसार बुझाउनु पर्ने वित्तीय विवरण र आव २०७४।७५ सम्मको वित्तिय विवरण अनुसार बुझाउनुपर्ने रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम बुझाउन समेत सूचान जारी गरेको छ।
लाइसेन्स नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेकाले खारेज गरिएको प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) अनुसार समयमा नवीकरण नगरे स्वतः खारेज हुने व्यवस्था छ। आइटेलले २०६५ साल पुस २१ गते र सेभेन स्टारले २०७० पुस २३ गते प्राधिकरणले इन्टर सेवा सञ्चालनका लागि लाइसेन्स लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।