बार्सिलोना– बुधबार राति कोपा डेलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल म्याड्रिडबीच एल क्लासिको भिडन्त हुँदैछ। बार्सिलोनाको घरेलु मैदानमा हुने खेलमा बार्सिलोनाका फरवार्ड लिओनल मेसी फिट हुनेमा भने शंका छ। यद्यपी बार्सिलोनाले मेसीलाई टिममा राखिसकेको छ।
बार्सिलोनाले मेसीलाई अन्तिम समयसम्म फिट भएर खेल्ने आसा सहित टिममा राखेको हो। मेसी मंगलबारको प्रशिक्षणमा उपस्थित भएपछि केहि आसा भने पलाएको छ। यसअघि मेसी शनिबार भ्यालेन्सिया विरुद्धको खेलमा घाइते भएका थिए। बार्सिलोना २–२ गोलको बराबरीमा रोकिएको सो खेलमा मेसीको थाइमा समस्या देखिएको थियो।
बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले मेसीलाई अन्तिम समयसम्म कुर्ने प्रतिक्रिया दिएका छन्।
रियल र बार्सिलोनाबीच २५ दिनमा ३ भिडन्त हुँदैछ। बुधबार कोपा डेल रेको पहिलो लेगपछि २७ फेब्रुअरीमा दोस्रो लेगमा दुई टिम भिड्दैछन्। यस्तै २ मार्चमा ला लिगामा बार्सिलोना र रियलबीच खेल हुँदैछ। यता अर्का फरवार्ड उस्मान डेम्बेले पनि बुधबार हुने पहिलो लेगको खेलमा अनुपस्थित हुन सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।