काठमाडौं- मन्थली मेयर कप रामेछाप सिभिल भलिबल च्याम्पियनसिपमा प्रदेश नम्बर एकले विजयी सुरुवात गरेको छ। मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा एक नम्बर प्रदेशले कर्णाली प्रदेशलाई २५–१८,२५–२१,२५–२२ले पराजित गर्यो। विजयी टोली समुहमा पहिलो भएको छ।
रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न हुने छ।
कुल ७ लाख २५ हजार पुररस्कार राशी रहेको प्रतियोगितामा ६ प्रादेशीक टोली सहित रामेछापका तीन सहित टोलीको सहभागिता रहेको छ। रामेछापका नमुनादीप युवा क्लब, शान्तीदीप युवा क्लब र प्याराडाइज युवा क्लबको सहभागिता रहेको छ। प्राय सबै टोलीमा राष्ट्रिय स्तरमा परिचित खेलाडीहरु रहेका छन्। गत सस्करणमा सुदुर पश्चिमको टोलीले उपाधि जितेको थियो भने शान्तीदिप युवा क्लब उपविजेता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।