काठमाडौं– त्रिभुवन आर्मी क्लबका सुशील थापा र नेपाल पुलिस क्लबकी दिवान शर्मा तेस्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिता २०७५ को क्वार्टरफाइनलमा पुगेका छन्।
पुरुष ४९ केजी समूहमा त्रिभुवन आर्मी क्लबका सुशील थापाले प्रदेश ४ का सुरज गुरुङलाई हराए। त्यस्तै नेपाल पुलिस क्लबकी दिवान शर्माले प्रदेश ४ कि आकृति गुरुङलाई पहिलो राउण्डमा नै पराजित गरिन्।
प्रतियोगिताको पहिलो खेलमा पुरुष ४९ केजीमा प्रदेश २ का पवन श्रेष्ठले प्रदेश १ का धर्मेन्द्र राईलाई पराजित गरे। पुरुष ५६ केजी तौल समूहमा प्रदेश १ का सुरेन्द्र राईले प्रदेश ४ का दुथबहादुर परियारलाई पहिलो राउण्डमा नै पाखा लगाए। महिलातर्फ ४६ देखि ४८ केजी तौल समूहमा प्रदेश ५ कि सुशिला थापाले प्रदेश २ कि सपना गुरुङलाई हराइन्। पुरुष ६० केजी तौल समूहमा प्रदेश ३ का सनिल शाही र प्रदेश ८ का भारत चन्दले जित हासिल गरे।
सनिलले प्रदेश ६ का सागर श्रेष्ठलाई पहिलो राउण्डमा हराए भने भरतले प्रदेश १ का रोविन प्रधानलाई पराजित गरे। दिनको अन्तिम खेलमा पुरुष ६४ केजीतर्फ प्रदेश २ का किशोर शर्माले प्रदेश ७ का विक्रम चौधरीलाई हराए। सबै विजेता खेलाडीले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।
त्यसअघि उद्घाटन समारोहमा बक्सिङका पूर्वखेलाडी एवं प्रशिक्षक सुरेश आलेमगरलाई १ लाख १ हजार नगदसहिद सम्मान गरियो। कार्यक्रमका प्रमुख अतिथि गणेशमान सिंह फाउन्डेसनका अध्यक्ष माननीय प्रकाशमान सिंहले मगरलाई प्रशंसा पत्रसहित सम्मान गरे। माघ २६ सम्म चल्ने प्रतियोगितामा सती प्रदेशबाट छनोट भएका उत्कृष्ट खेलाडीहरु प्रतिस्पर्धा गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।