इनरुवा- सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेम्पो स्टेन्डबाट प्रहरीले गए राति लागुऔषध सहित दुई महिला र एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरी सदरमुकाम इनरुवा–४ महेन्द्रचोकका ३० वर्षीया संगीता चौधरी, सखुवागाछीकी ३५ वर्षीया सुनिता चौधरी र इटहरी–४ जागृति टोलका ३१ वर्षीय गौतम गुरुङ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए।
विशेष सुराकीका आधारमा खटिएको प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ९ सय ५० पत्ता लागुऔषध नाइट्रोसन चक्की बरामद गरेको हो। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चिमोरियाले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।