ललितपुर- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्वमा नेपालको सम्मान र इज्जत बढाउन सफल भएको भन्दै बधाई तथा शुभकामना दिएका छन्।
ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अध्यक्ष प्रचण्डले आज खुमलटारस्थित निवासमा बधाई व्यक्त गरेका हुन्। नेपालको ऐतिहासिक जितले खुसी दिलाएको बताउँदै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकतालाई मजबुत बनाउन क्रिकेट खेलमा भएको प्रगतिले ठूलो भूमिका निर्वाह गर्ने उल्लेख गरे।
अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएको र चितवनमा बन्ने अन्तर्राष्ट्रिय रंगशालाबाट क्रिकेट खेलको विकासमा झन् योगदान पुग्ने बताए।
अध्यक्षलाई भेट्न नेपाली राष्ट्रिय टिमका खेलाडीहरु खुमलटार पुगेका थिए।

युएईविरुद्धको एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले ऐतिहासिक जित हात पारेको थियो। टोली हिजो नेपाल फर्किएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।