लन्डन– इंग्लिस प्रिमियर लिग लिडर लिभरपुल बराबरीमा रोकिएको छ। लिभरपुललाई सोमबार राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडले १–१ गोलको बराबरीमा रोकेको हो।
खेलको २२ मिनेटमा लिभरपुलका लागि साडियो मानेले गोल गरेका थिए। तर २८ मिनेटमा घरेलु टिम एन्टोनियोले बराबरी गोल फर्काएका थिए।
बराबरीसँगै अंक तालिकाको दोस्रो स्थानको म्यानचेस्टर सिटिलाई फाइदा पुगेको छ।
शीर्ष स्थानको लिभरपुलको २५ खेलबाट ६२ अंक छ। दोस्रो स्थानको म्यानचेस्टर सिटीले ५९ अंक बटुलेको छ। टोटनह्याम ५७ अंक जोडेर तेस्रो स्थानमा छ। चेल्सी ५० अ क जोडेर चौथो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।