काठमाडौं– युएई विरुद्धको ३ खेलको टी–२० सिरिज २–१ ले जितेसँगै नेपाल टी–२० वरीयतामा १४औं स्थानमा उक्लिएको छ।
नेपालले आइतबार दुबईमा भएको अन्तिम तथा निर्णायक खेलमा युएईलाई १४ रनले हराएर सिरिज कब्जा गरेको थियो।
पहिलो पटक टी–२० सिरिज जितेको नेपालले १४औं वरियतामा उक्लने क्रममा ४३ रेटिङ अंक प्राप्त गरेको छ। नेपालले भन्दा पछि रहेको युएई १५औं स्थानमा छ। हङकङ १६औं, ओमान १७औं र आयरल्यान्ड १८औं स्थानमा छन्।
शीर्ष स्थानमा पाकिस्तान छ भने दोस्रो स्थानमा भारत छ। दक्षिण अफ्रिका तेस्रो, इंग्ल्यान्ड चौथो, अस्ट्रेलिया पाँचौ, न्युजिल्यान्ड छैटौं, वेस्ट इन्डिज सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं, बंगलादेश दशौं, स्कटल्यान्ड एघारौं, जिम्बावे १२औं र नेदरल्यान्ड्स १३औं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।