रसुवा- रसुवाका तीन स्थानमा मतदान केन्द्र थपिएको छ। मतदाता संख्या वृद्धि भएपछि उत्तरगया गाउँपालिकाको खाल्डे, गोसाइँकुण्ड गाउँपालिकाको स्याफ्रु र नौकुण्ड गाउँपालिकाको नवजीवन आधारभूत विद्यालयमा केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
प्रदेशसभा क्षेत्र नम्बर १ मा गोसाइँकुण्ड, नौकुण्ड र कालिका गाउँपालिकाको ४ र ५ वडामा २४ वटा केन्द्र रहने छन् भने २ मा उत्तरगया, पार्वतीकुण्ड र कालिका गाँउपालिकाको १, २ र ३ वडामा २१ वटा मतदान केन्द्र रहने छन्।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा यो पटक ३२ हजार ३ सय २२ मतदाता रहेका छन्। जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिनेछन् भने २ सय ४० जना म्यादी प्रहरी खटाइने प्रहरी नायव उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।