नवलपरासी- स्थानीय तहको दोस्रो चरणको निर्वाचन क्रममा अज्ञात समूहको बम विस्फोटनबाट घाइते एक जनाको मृत्यु भएको छ।
निर्वाचन प्रक्रियाको क्रममा नेकपा (माओवादी केन्द्र) नवलपरासीको सुनवल नगर कमिटीको आयोजनामा असार ११ गते निकालिएको र्यालीमा अज्ञात समूहको बम विस्फोटबाट घाइते ४० वर्षीय लेखनाथ सुवेदीको उपचार क्रममा हालै मृत्यु भएको हो।
सुनवल नगरपालिका–१० खकरीबारी बस्ने सुवेदीको भरतपुर पुरानो मेडिकल कलेजमा उपचार क्रममा मृत्यु भएको नगर संयोजक सूर्यप्रसाद न्यौपानेले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।