पेरिस– फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सिजनको लिगमा पहिलो हार बेहोरेको छ।
पिएसजीको लिगमा २० खेलसम्म अपराजित यात्रामा पूर्णविराम लगाउने क्रममा लियोनले २–१ गोलले पराजित गरेको हो।
खेलमा अग्रता भने पिएसजीले एन्जेल डि मारियाले खेलको सातौं मिनेटमा गरेको गोलबाट लियो।
तर ३३ मिनेटमा लियोनका मोउसा डेम्बेलेले हेडमार्फत गोल गरेर खेललाई बराबरीङ्गा ल्याए। ४९ मिनेटमा लियोनका फेकिरले पेनाल्टीमा गोल गरेर खेललाई २–१मा ल्याएका थिए। पिएसजीका थियागो सिल्भाले फल गरेपछि लियोनले पेनाल्टी पाएको थियो।
हारका बावजुद पिएसजीको लिगमा १० अंकको अग्रता छ। उसले २१ खेलबाट ५६ अंक बटुलेको छ। दोस्रो स्थानको लिलेको २३ खेलबाट ४६ र तेस्रो स्थानको लियोनका ४३ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।