म्याड्रिड– स्पेनिस ला लिगामा रियल म्याड्रिडले अलाभेसलाई ३–० गोलले पराजित गरेको छ।
रियलका लागि करिम बेन्जिमाले खेलको ३०, भिनिसियस जुनियरले ८० र मारियानोले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
यता दोस्रो स्थानको एट्लेटिको म्याड्रिड पराजित भएको छ। उसलाई रियल बेटिसले १–० गोलले पराजित गरेको हो।
लिगमा शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५० अंक छ। दोस्रो स्थानको एट्लेटिकोको ४४ र तेस्रो स्थानको रियलको ४२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।