म्यानचेस्टर– इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले आर्सनललाई ३–१ गोलले पराजित गरेको छ।
आइतबार राति भएको खेलमा सिटीको जितमा अर्जेन्टाइन स्ट्राइकर सर्जियो अग्युरोले ह्याट्रिक गरे। उनले खेलको पहिलो, ४४ र ६१ मिनेटमा गोल गरेका थिए। आर्सनलका लागि लाउरेन्ट कोस्लिइनीले ११ मिनेटमा बराबरी गोल फर्काए पनि त्यो सान्त्वनामै सीमित बन्यो।
लिगको अर्को खेलमा म्याचनेस्टर युनाइटेडले लेस्टर सिटीलाई १–० गोलले पराजित गरेको छ। उसका लागि मार्कोस रास्फोडले खेलको नवौं मिनेटमा गोल गरेका थिए।
लिगको शीर्ष स्थानमा रहेको लिभरपुलले २४ खेलबाट ६१ अंक जोडेको छ। एक खेल बढी खेलेको दोस्रो स्थानको सिटीको ५९ अंक छ भने तेस्रो स्थानको टोटनह्यामको ५७ र चौथो स्थानको चेल्सीको ५० अंक छ। म्यानचेस्टर युनाइटेड ४८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।