काठमाडौं– भारतको दिल्लीमा भइरहेको विश्व पावरलिफ्टिङ प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता हात पारेको छ। प्रतियोगितामा नेपालको तर्फबाट सहभागी बाबुछोराले पदक जितेका हुन्।
बाबु ज्ञानेन्द्र नकर्मीले मास्टरतर्फ रजत हात पारे। पहिलो पटक सहभागी छोरा रोजिन नकर्मीले सब जुनियर (१९ वर्ष मुनिमा) कास्य पदक जितेको बुबा ज्ञानेन्द्रले दिल्लीबाट जानकारी दिए।
यसअघि २०१४ मा दिल्लीमा नै भएको प्रतियोगितामा पनि ज्ञानेन्द्र श्रेष्ठले स्वर्ण पदक जितेका थिए। पावरलिफ्टिङमा नेपाली खेलाडीको उच्च प्रदर्शन रहँदै आएको छ। २०१४ मा बुद्धिजंग कार्कीले रजत पदक हात पारेका थिए। २०१५ मा ज्ञाननारायण महर्जन र २००५ मा दिनेश श्रेष्ठले कास्य पदक जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।