काठमाडौं– युएई विरुद्धको एकदिवसीय सिरिज र टी–२० सिरिज जितेसँगै नेपालले ३ लाख रुपैयाँ (१० हजार दिराम) पुरस्कार जितेको छ। दुवै सिरिज समान २–१ ले जितेर नेपालले इतिहास बनाएको हो। नेपालले पहिलोपटक टी–२० र एकदिवसीय सिरिज जितेको हो।
टी–२० खेलमा डेब्यू गरेका नेपालका तीव्र गतिका बलर अविनास बोहरा म्यान अफ दि सिरिज भएका छन्। उनले यूएईसँगको पहिलो टी–२० खेल्दै टी–२० अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए। उनले ३ टी–२० मा ६ विकेट लिएका थिए।
अविनासले पहिलो टी–२० मा १ विकेट लिदा ३६ रन खर्चिएका थिए। उनले दोस्रो टी–२० मा ३ विकेट लिएका थिए। सो खेलमा उनले २० रन दिएका थिए। आइतबार भएको तेस्रो टी–२० मा अविनासले २ विकेट लिदा १६ रन खर्चिएका थिए।
अन्तिम टी–२० को म्यान अफ दि म्याच करण केसी भए। उनले खेलमा २ विकेट लिदा १० रन जोडेका थिए।
सिरिजमा नेपालको नतिजा
पहिलो एकदिवसीय – ३ विकेटले पराजित
दोस्रो एकदिवसीय – १ सय ४५ रनले विजयी
तेस्रो एकदिवसीय – ४ विकेटले विजयी
पहिलो टी–२० – २१ रनले पराजित
दोस्रो टी–२० – ४ विकेटले विजयी
तेस्रो टी–२०– १४ रनले विजयी




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।