• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नेपालले टी–२० सिरिज जित्दै बनायो इतिहास, निर्णायक खेलमा युएई १४ रनले पराजित

64x64
नेपाल लाइभ आइतबार, माघ २०, २०७५  १८:४१
1140x725

काठमाडौं– तेस्रो तथा निर्णायक टी–२० खेलमा युएईलाई १४ रनले पराजित गर्दै नेपालले इतिहास रचेको छ। नेपालले पहिलो पटक टी–२० सिरिज जितेर इतिहास बनाएको हो। यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो। दोस्रो खेल नेपालले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिज १-१ को बराबरी गरेको थियो। 

आइतबार दुबईको आइसिसी एकेडेमीमा नेपालले दिएको १  सय ५ रन लक्ष्य पछ्याएको युएईले वर्षा कारण घटाइएको १० ओभरमा ८ विकेटको क्षतिमा ९० रन मात्र बनाउन सक्यो। 

सन्दीप लामिछानेको पहिलो ओभरमा २० रन खाएको नेपालले पछिल्लो पाँच ओभरमा युएईका ६ विकेट लिँदा ३२ रन मात्र खर्चिएको थियो। युएईका लागि ओपनर गुलाब सब्बारले १५ बलमा २५ रन तथा शइमान अनवारले २० बलमा ३० रनको योगदान गरे।

अन्तिम ओभरमा युएईलाई जितका लागि २० रन चाहिएको अवस्थानमा नेपालका ललितनारायण राजवंशी बलिङमा आएका थिए। उनले पहिलो बलमा सिपी रिजवानलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए। दोस्रो बलमा अमिर हायतलाई कप्तान पारस खड्काबाट क्याच गराउदा खेल नेपालको पक्षमा आएको थियो। 

पहिलो ओभरमा २० रन खर्चिएका सन्दीपले आफ्नो दोस्रो ओभरमा १ विकेटसहित ३ रन खर्चदा नेपाललाई फाइदा पुगेको थियो। यस्तै करण केसीले आठौं ओभरमा युएईको २ विकेट लिँदा ४ रन मात्र खर्चिएपछि नेपाल खेलमा फर्किएको थियो। 

बलिङमा नेपालका ललितनारायण राजवंशी, करण केसी र अविनास बोहोराले २–२ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट हात पारे। 

१० ओभरमा घटाइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा १ सय ४ रन जोडेको थियो। 

नेपालका लागि कप्तान पारस खड्काले २९ रन र सन्दीप जोराले २८ रनको योगदान दिए। ओपनिङमा आएका कप्तान पारसले १४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सन्दीपले ११ बलमा ३ छक्का प्रहार गरेर नेपालको इनिङ उकासेका थिए। विनोद भण्डारीले १३ बलमा १० रन जोडे भने करण केसीले ५ बल खेल्दा १ छक्का हिर्काएर १० रनको योगदान दिए। 

nimb
nimb
Ncell 2
Ncell 2

ओपनिङमा आएका पवन सर्राफ खाता नै खोल्न नपाइ चौथो बलमा आउट भएका थिए। उपकप्तान ज्ञानेन्द्र मल्लले ९ बलमा ११ रन जोडेर आउट भएका थिए। दीपेन्द्रसिंह ऐरी २ रनमै पेभिलियन फर्किएका थिए। 

बलिङमा युएईका कप्तान मोहमद नावीद, सुल्तान अहमेद र अमिर हायतले २–२ विकेट लिए। 

अघिल्लो साता नेपालले युएई विरुद्धको ३ खेलको एकदिवसीय सिरिज २-१ जित्दै इतिहास बनाएको थियो। पहिलो पटक एकदिवसीय सिरिज जित्ने क्रममा नेपालले पछिल्ला २ खेलमा जित हात पारेको थियो। अन्तिम खेलमा कप्तान पारस खड्काले शतक प्रहार गरेर इतिहास बनाएका थिए। 

नेपालले यसअघि दुई टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। बङ्गलादेशमा सम्पन्न सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपालले त्यही वर्ष हङकङसँग श्रीलङ्कामा पहिलोपटक पाँच खेलको सिरिज खेलेको थियो तर, उक्त सिरिजका चार खेल वर्षाको कारण रद्द भएको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग दुई विकेटले पराजित भएको थियो।

यस्तै नेपालले सन् २०१५ मा नेदरल्याण्ड्सविरुद्ध चार खेलको टी–२० सिरिज खेलेको थियो। जसमा नेपालले सिरिज ३–१  ले गुमाएको थियो। 

प्रकाशित मिति: आइतबार, माघ २०, २०७५  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ
कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग सोमबार, चैत ३०, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना सोमबार, चैत ३०, २०८२
अमेरिकाद्वारा इरानमाथि नाकाबन्दीको चेतावनी सोमबार, चैत ३०, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्