वेलिङटन– न्युजिल्यान्डविरुद्धको पाँचौ एकदिवसीय खेलमा भारतले ३५ रनको जित हात पारेको छ।
लगातार ३ खेल जितेर सिरिज कब्जा गरेको भारत पाँचौ खेलमा विजयी भएसँगै सिरिज ४–१ ले जित्न सफल भएको छ।
अन्तिम खेलमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याउको न्युजिल्यान्ड ४४.१ ओभरमा २ सय १७ रनमै अलआउट भयो। उसका लागि जेम्स नीशमले सबैभन्दा बढी ४४ रन जोडे। बलिङमा भारतका युजभेन्द्र चाहालले ३ विकेट लिए भने मोमहद सामी र हार्दिक पाण्ड्साले २–२ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत १ बल खेल्न बाँकी छदा २ सय ५२ रनमा अलआउट भयो। भारतका लागि अम्बाती रायदुले ९० रनको योगदान दिए। उनले १ सय १३ बलमा ८ चौका र ४ चौका हिर्काए। विजय शंकर र हार्दिक पाण्ड्याले ४५–४५ रन जोडे।
भारतले कप्तान तथा ओपनर रोहित शर्मालाई २ रनमा गुमाएको थियो। अर्का ओपनर शिखर धनवले ६ रन मात्र बढी जोड्न सकेनन्। सुबमान गिल ७ रन र महेन्द्रसिंह धोनी १ रनमा आउट हुँदा भारत सुरुवातमा संकटमा परेको थियो। तर रायदु र पाण्ड्याले भारतको इनिङ उकासे।
बलिङमा न्युजिल्यान्डका माट हेनरीले ४ विकेट लिए भने ट्रेन्ड बाउल्टले ३ विकेट हात पारे।
रायदु म्यान अफ दि म्याच र मोमहद सामी म्याच अफ दि सिरिज घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।