पोखरा- पोखराका तीन मुख्य ठाउँमा छठ पर्व मनाइने भएको छ।
पोखराको फेवातालको किनार केदारेश्वर मन्दिर, नदीपुरको नारायणस्थान मन्दिर र कालीखोलाको संगमस्थलमा छठ पर्व मनाउन लागिएको हो।
केही वर्षदेखि विभिन्न व्यापार व्यवसायका लागि पोखरा आएका तराईका नेपाली नागरिकले छठ पर्व पोखरामै मनाउन थालेका छन्। पहाडी भेगमा पनि पछिल्लो समय छठ मनाउने चलन बढेको छ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन मंगलबार अरवा–अरवाइन, दोस्रो दिन आज खरना, तेस्रो आज अस्ताउन लागेको सूर्य र चौथो दिन भोलि उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गरी छठ पर्व सम्पन्न हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।