टुरिन- इटालियन सिरि एमा साविक विजेता युभेन्ट्सलाई पर्माले बराबरीमा रोकेको छ। शनिबार राति भएको खेलमा युभेन्ट्ससँग ३-३ गोलको बराबरीमा रोकिएको हो।
खेलको ३६ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गरेर युभेन्ट्सलाई अग्रता दिलाए। ६२ मिनेटमा रुगानीले युभेन्ट्सका लागि दोस्रो गोल गरेका थिए।
तर ६४ मिनेटमा पर्माका बाराले गोल फर्काए। लगातार गोल भएको खेलमा रोनाल्डोले ६६ मिनेटमा अर्को गोल गरे। रोनाल्डोले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि युभेन्ट्स ३-१ ले अघि बढेको थियो।
७४ मिनेटमा केउएसीले पर्माका लागि दोस्रो गोल गरे। इन्जुरी टाइमको तेस्रो मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ३-३ को बराबरीमा सकिएको थियो। लिगको अर्को खेलमा नापोलीले साम्पडोरियलाई ३-० गोलले हराएको छ।
लिगको शीर्ष स्थानको युभेन्ट्सले २२ खेलबाट ६० अंक जोडेको छ। दोस्रो स्थानको नापोलीकव ५१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।