म्युनिख- जर्मन बुन्डेस लिगामा वायर्न म्युनिख अर्को खेलमा पराजित भएको छ।
वायर्नलाई शनिबार राति भएको खेलमा वायर लिभरकुजेनले ३-१ गोलले हराएको हो। वायर्नले खेलमा पहिले अग्रता लिए पनि लिभरकुजेनले दोस्रो हाफमा ३ गोल गरेको थियो।
यता शीर्ष स्थानको बोरुसिया डर्टमुन्ड भने फ्रान्कफर्टसँग १-१ गोलको बराबरीमा रोकिएको छ।
लिगमा शीर्ष स्थानको डर्टमुन्डको २० खेलबाट ४९ अंक छ। दोस्रो स्थानको वायर्न म्ग्लाबाचको र साविक विजेता वायर्नको ४२-४२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।