लन्डन- इंग्लिस प्रिमियर लिगमा चेल्सीले हडर्सफिल्डमाथि ५-० को जित हात पारेको छ।
शनिबार राति भएको खेलमा चेल्सीका लागि गोन्जालो हिग्युइनले १६ र ५९ मिनेटमा गरी २ गोल गरे। यस्तै इडिन हजार्डले पहिलो हाफको इन्जुरी टाइममा पेनाल्टी र ६६ मिनेटमा गरी २ गोल गरे। चेल्सीका लागि खेल सकिन ४ मिनेट बाँकी छदा डेभिड लुइसले पाँचौ गोल गरेका थिए।
लिगको अर्को खेलमा टोटनह्यामले न्युकासललाई १-० ले हराएर दोस्रो स्थानमा उक्लिएको छ। टोटनह्यामका लागि सन हेउन मिनले ८३ मिनेटमा गोल गरेका थिए।
जितसँगै टोटनह्याम २५ खेलबाट ५७ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानको लिभरपुलले १ खेल कम खेल्दै ६१ अंक जोडेको छ भने तेस्रो स्थानको म्यानचेस्टर सिटीको ५६ अंक छ। चेल्सी ५० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।