• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वार्षिक करोडौं घोटाला गर्ने कृषि उद्यम केन्द्रसँग प्रदेश ३ सरकारले गर्‍यो सम्झौता

64x64
नेपाल लाइभ शनिबार, माघ १९, २०७५  १३:४१
1140x725

काठमाडौं- वार्षिक करोडौं रुपैयाँ घोटाला गर्दै आएको नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रसँग प्रदेश ३ को सरकारले सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि सम्झौता गरेको छ।

केन्द्रको बजेटमा भएको घोटालाको विषयमा अख्तियारले समेत छानबिन गरिरहेको बेला उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले प्रदेश ३ सरकारसँग सम्झौता गरेकी हुन्।

केन्द्रको बजेटमा घोटाला भएको सूचना आएसँगै महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई समेत जबरजस्ती राजीनामा गराएकी अध्यक्ष राणाले प्रदेश ३ सरकारसँग सम्झौता गरेकी हुन्। समझदारीपत्रमा प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेलेको समुपस्थितिमा राणासहित प्रदेश ३ सरकारका आर्थिक, मामला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले हस्ताक्षर गरेका हुन्। 

महासंघ र प्रदेश सरकारबीच सार्वजनिक निजी साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका २०७५ मूल निर्देशिकाको रूपमा तयार गरी सोही आधारमा कार्यक्रमका कार्यविधि तयार गर्ने सहमति भएको हो। प्रदेश ३ को अर्थ मन्त्रालयबाट स्वीकृत बजेट अनुसार समयमै महासंघको कृषि उद्यम केन्द्रलाई चौमासिक रूपमा बजेट निकासा गर्ने, कार्यक्रमको अनुगमन निरीक्षण र मुल्यांकन र आवश्यक सुझाव तथा निर्देशन दिने लगायत विषयमा दुईपक्षीय समझदारी भएको छ।

हस्ताक्षर समारोहमा प्रदेश सरकारका उच्च अधिकारी र महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरू हेमराज ढकाल, प्रकाशसिंह कार्की र डिबी बस्नेत पनि थिए।

तर, कृषि केन्द्रको बजेटमा भने अध्यक्ष राणा लगायत महासंघका पदाधिकारीले मिलोमतोमा मोजमस्ती गरिरहेका छन्। केन्द्रको बजेटमा घोटाला भएको सूचना आएसँगै कोषाध्यक्ष प्रधानलाई राजीनामा दिन लगाएर छानबिन हुनुपर्ने व्यक्तिहरु नै राखेर घोटाला लुकाउन राणाले हतारमा समिति समेत गठन गरिसकेकी छन्।

यसअघि केन्द्रले सञ्चालन गरेका विभिन्न परियोजनामा कूल बजेटको ६० प्रतिशतभन्दा बढी रकम तलब, दैनिक भत्ता तथा भ्रमण शीर्षकमा अनियमित रूपमा खर्च भएको देखिन्छ। केन्द्रले तीन अलग–अलग परियोजना सञ्चालन गर्दै आएको थियो। केन्द्र अन्तर्गत तीनै परियोजनाको बेग्लाबेग्लै लेखा परीक्षण (आन्तरिक) गर्दा आर्थिक हिनामिना भएको फेला परेको अवस्थामा फेरि प्रदेश ३ सरकारले सम्झौता गगरेको महासंघका पदाधिकारी बताउँछन्।

Ncell 2
Ncell 2

केन्द्रले सञ्चालन गरेको ‘हाई माउन्टेन एग्रो बिजनेस एन्ड लाइभ्ली हुड इम्प्रुभमेन्ट प्रोजेक्ट’मा कूल रकमको ५१ प्रतिशत रकम तलब, भत्ता, हेलिकोप्टर र यातायात शीर्षकमा मिलाउने काम भइरहेको छ। उक्त परियोजनामा आव ०७२/०७३ र ०७३/०७४ मा मात्रै ४ करोड ८० लाख रुपैयाँ खर्च भएको देखाइएको आर्थिक प्रतिवेदनमा ५१ प्रतिशतभन्दा बढी रकम तलब शीर्षकमा मात्र खर्च भएको देखाइएको छ। 

यसैगरी ’हाइभ्यालु एग्रिकल्चर प्रोजेक्ट’मा पनि उस्तै अनियमितता छ। ३ करोड ७० लाख रुपैयाँ भन्दा बढी बजेटमा कूल खर्चको झन्डै ५० प्रतिशत तलबमा मात्र खर्च भएको छ। अर्को २ करोड ४९ लाख रुपैयाँको ‘रेइजिङ इनकम फर स्मल एन्ड मिडियम फार्मर प्रोजेक्ट’ को पनि कुल बजेटको ३२ प्रतिशत रकम तलब, भत्ता तथा भ्रमणमा खर्च भएको देखिएको छ। 

‘ट्राभल एजेन्सीबाट खर्च देखाउन लिइएका अधिकांश बिल नक्कली छन्,’ महासंघ स्रोतले भन्यो, ‘फेरि प्रदेश ३ सरकारले महासंघ अन्तर्गतको केन्द्रसँग नै सम्झौता गर्नु रहस्यपूर्ण छ।

परियोजनाको रकम खर्चमा विकृति भएको भन्दै सरकारले बजेट समेत कटौती गरेको अवस्थमा केन्द्रसँग प्रदेश सरकारले सम्झौता गर्न नहुने महासंघ एक पदाधिकारीले बताए।

'केन्द्रले यसअघि सञ्चालन गरेको प्रोजेक्टमा भएको खर्चको आजसम्म आधिकारिक लेखा परीक्षण हुन नसक्दा किन प्रदेश सरकारले सम्झौता गर्‍यो?' ती पदाधिकारीले बताए।

कृषि उद्यम केन्द्रको घोटाला सम्बन्धमा नेपाल लाइभले शृंखलाबद्ध रुपमा प्रकाशन गरेका विशेष सामग्री:

पहिलाे शृंखला : उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रमा वार्षिक करोडौं हिनामिना, अध्यक्ष राणा पनि मुछिइन्

दाेस्राे शृंखला : कृषि उद्यम केन्द्रमा घोटाला : खर्च देखाउन नक्कली बिल बनाउँदै महासंघ पदाधिकारी

तेस्राे शृंखला : कृषि उद्यम केन्द्रको घोटालामा अख्तियारले थाल्याे छानबिन

चौथो शृंखला : घोटाला लुकाउन कोषाध्यक्षलाई जबरजस्ती राजीनामा गराइन् अध्यक्ष भवानी राणाले

पाँचौं शृंखला : कृषि उद्यम केन्द्रको घोटाला छानविन गर्न समिति गठन

प्रकाशित मिति: शनिबार, माघ १९, २०७५  १३:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य घट्यो
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू)
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य बिहीबार, माघ ८, २०८२
इलाम पुगेर सुरु गरे बालेनले घरदैलो कार्यक्रम (तस्बिरहरू) बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै बिहीबार, माघ ८, २०८२
किन केही मानिसहरुका लागि तौल घटाउन मुश्किल पर्छ ? बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
एकैदिन सुनको मूल्य १० हजार ४०० रुपैयाँ बढ्यो बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्