लन्डन– इंग्ल्यान्डको इएफएल कपबाट टोटनह्याम बाहिरिएको छ। वेस्ट ह्यामविरुद्धको अन्तिम १६ को खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा टोटनह्याम ३–२ ले पराजित भयो।
खेलको छैटौ मिनेटमा सिसोकोले गोल गरेर टोटनह्यामलाई अग्रता दिलाएका थिए। ३७ मिनेटमा डेल अलीले टोटह्यामको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २–० ले पछि परेको वेस्ट ह्यामले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो। स्ट्राइकर आन्द्रे एयुले ५५ र ६० मिनेटमा गरी दुई गरेपछि खेल २–२ को बराबरीमा आयो। ७० मिनेटमा एन्जेलो ओग्बोनाले गरेको गोल निर्णायक बन्दा वेस्ट ह्याम अन्तिम ८ मा पुग्यो।
अर्को खेलमा चेल्सीले एभर्टनलाई २–१ ले पराजित गर्यो । चेल्सीको जितमा रुइडिगरले २६ तथा विलियनले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।