मुम्बई– फिफा यू–१७ विश्वकप फुटबलको उपाधिका लागि स्पेन र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुने भएको छ। बुधबार राति भएको खेलमा स्पेनले मालीलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
स्पेनको जितमा बार्सिलोनाका युवा स्ट्राइकर अबेल रुइजले २ गोल गरे। रुइजले खेलको १९ मिनेटमा गोल गरेर स्पेनलाई अग्रता दिलाए। ४३ मिनेटनमा उनले पेनाल्टीमार्फत स्पेनको अग्रता दोब्बर पारेका थिए। ७१ मिनेटमा फोरेन टोरेशले अर्को गोल गरेपछि स्पेन ३–० ले अघि बढ्यो। ७४ मिनेटमा मालीका डिएले गरेको गोल सान्त्वनामै सीमित बन्यो।
त्यसअघि भएको खेलमा इंग्ल्यान्डले ब्राजिललाई ३–१ ले नै पराजित गरेर फाइनलमा स्थान पक्का गर्योग। इंग्ल्यान्डको जितमा रिहान ब्रेउस्टारले ह्याट्रिक गरे। उनले १०, ३९ र ७७ मिनेटमा गोल गरेका थिए। ब्राजिलका वेस्लेले २१ मिनेटमा बराबरी गोल फर्काएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।